प्रहरी र सशस्त्रको नियमावली संशोधन गर्ने गृहको प्रस्ताव अर्थमै रोकियो

काठमाडौं । गृह मन्त्रालयले तयार पारेको नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको नियमावली अर्थ मन्त्रालयमा रोकिएको छ ।
गृहले तयार गरेको प्रहरी (एघारौँ संशोधन) नियमावली, २०७८ र सशस्त्र प्रहरी (दोस्रो संशोधन) नियमावली, २०७८ को संशोधन मस्यौदा अर्थमन्त्रालयमा रोकिएको हो ।
दुवै सुरक्षा निकाय (सशस्त्र प्रहरी बल र नेपाल प्रहरी)सँग रहेका कर्मचारीको वृत्तिविकास एवं जनशक्ति व्यवस्थापनसम्बन्धी केही अधिकार कटौती गरी गृह मन्त्रालय मातहत ल्याउन नियमावली हेरफेर गर्न लागिएको थियो ।
सो मस्यौदा प्रति नेपाल प्रहरी र सशस्त्रका प्रमुख र अर्थ मन्त्रालयले असन्तुष्ट जनाएपछि नियमावलीको संसोधन प्रक्रिया रोकिएको हो ।
गृह मन्त्रालयले प्रहरी नियमावली २०७१ का १० र सशस्त्र प्रहरी नियमावली २०७२ का १५ प्रावधान संशोधन गर्न तयार गरेको मस्यौदा सैद्धान्तिक सहमतिका लागि अर्थ मन्त्रालयमा पठाइसकेको थियो । तर अर्थमन्त्रालयले असन्तुष्टि जनाएपछि उक्त नियमावलीको संसोधन प्रक्रिया रोकिएको स्रोतको भनाई छ ।
गृहले तयार पारेको मस्यौदामा नेपाल प्रहरीका महानिरिक्षक र सशस्त्र प्रहरी बलका महानिरिक्षकले असन्तुष्टि जनाएका थिए । गृहमन्त्रालयले प्रहरीको ‘चेन अफ कमाण्ड’लाई नै असर पार्ने गरी नियमावली संसोधनको मस्यौदा तयार गरेको थियो ।
यो पनि:-
गृह मन्त्रालयले तयार पारेको प्रहरी र सशस्त्रको नियमावलीमा के छ ?
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
टि–२० विश्वकपमा बङ्गलादेशलाई स्कटल्याण्डले प्रतिस्थापन गर्दै
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया