मंगलबार, माघ १३, २०८२

युक्रेनलाई हतियार दिएको भन्दै अमेरिका र नाटोलाई रुसको चेतावनी

मेरोन्यूज २०७९ वैशाख ३ गते १४:५९

काठमाडौँ । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले युक्रेनलाई थप ८ सय मिलियन अमेरिकी डलर बराबरको सैन्य सहायता घोषणा गरेको केही दिनपछि रुसले युक्रेनलाई हतियार हस्तान्तरण गर्न जारी राखेमा संयुक्त राज्य अमेरिकालाई ‘अनपेक्षित परिणाम’ भोग्नु पर्ने चेतावनी दिएको छ ।

वाशिंगटन पोस्टले रुसले यस हप्ता अमेरिकालाई पठाएको कूटनीतिक नोटको समीक्षा गर्दै सो विश्लेषण गरेको छ । युक्रेनमा हतियार प्रणालीले ‘अप्रत्याशित परिणामहरू ल्याउन सक्छ,’ अल्जाजीराले रिपोर्ट गरेको छ ।

‘हामी संयुक्त राज्य अमेरिका र यसका सहयोगीहरूलाई युक्रेनको गैरजिम्मेवार सैन्यकरण रोक्न आह्वान गर्दछौँ, जसले क्षेत्रीय र अन्तर्राष्ट्रिय सुरक्षाका लागि अप्रत्याशित परिणामहरू निम्त्याउँछ,’ नोटमा भनिएको छ ।

उल्लेखनीय कुरा के छ भने अमेरिकी सैन्य सहायता प्याकेजमा तोपखाना प्रणाली, आर्टिलरी राउण्ड, बख्तरबंदलगायत समावेश छन् ।

प्रतिक्रिया