मंगलबार, माघ ६, २०८२

ब्राउन सुगरसहित युवक पक्राउ

मेरोन्यूज २०७९ वैशाख ३ गते १८:५१

सिरहा । सिरहा प्रहरीले प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित एक युवकलाई पक्राउ गरेको छ ।

गोलबजार नगरपालिका ६ डोहटयिाका २५ वर्षीय दिपेश रामलाई करिब २ ग्राम ५ सय मिलिग्राम अवैध लागू औषध ब्राउन सुगरसहित प्रहरीले पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा रामलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया