माओवादीले शुक्लागण्डकीमा पूर्वमन्त्री कोइराला मेयरको उम्मेदवार बनाउने
तनहुँ । नेकपा माओवादी केन्द्रले शुक्लागण्डकी नगरपालिकाको मेयरमा पूर्वमन्त्री आशा कोइरालालाई उम्मेदवार बनाउने निर्णय गरेको छ । शनिबार बसेको नगर कमिटीको बैठकले कोइरालालाई मेयरको उम्मेदवार बनाउने निर्णय सर्वसम्मत गरेको हो । हाल उनी गण्डकी प्रदेश सभा सदस्य हुन् ।
गठबन्धनमा शुक्लागण्डकीको मेयर माओवादीले दाबी गर्ने र मेयरमा कोइरालालाई उम्मेदवार बनाउन सिफारिस गरेको नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटीका अध्यक्ष मनराज गुरुङले बताए । ‘पार्टीले शुक्लागण्डकीमा जित हासिल गर्नलाई उहाँलाई अगाडि सार्नु पर्दछ भन्ने ढंगले मेयर बनाउने निर्णय गरेका हौँ, उहाँको मागभन्दा पनि पार्टीलाई आवश्यकता हो’, उनले भने ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई माओवादीको समर्थनमा मेयरमा जिताएकाले यसपालि पैँचो तिर्नु पर्ने उनको भनाइ छ । गठबन्धनमा शुक्लागण्डकीको मेयर कुनै हालतमा नछाड्ने गुरुङको जिकिर छ ।
कोइरालाले २०७४ साउनमा महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको जिम्मेवारीसमेत पाएकी थिइन् । पार्टीले आवश्यकता महसुस गर्दै उम्मेदवार बनाउन गरेको निर्णय आफूले सहर्ष स्वीकारेको कोइरालाको प्रतिक्रिया छ । ‘आवश्यकता बोध गरेर पार्टीले शुक्लागण्डकीको मेयरमा सिफारिस गरेको छ, नगर कमिटीले गरेको निर्णय स्वागतयोग्य छ’, उनले भनिन् ।
माओवादी केन्द्रले गठबन्धनमा अघिल्लो स्थानीय तहको निर्वाचनमा अध्यक्ष र उपाध्यक्ष जितेको बन्दीपुर गाउँपालिकासँगै जिल्लाको शुक्लागण्डकी नगरपालिका, आँबुखैरेनी गाउँपालिका र घिरिङ गाउँपालिकाको प्रमुख पदमा दाबी गरिरहेको जनाइएको छ । आँबुखैरेनीमा भने अघिल्लोपटक अध्यक्ष उपाध्यक्ष दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
प्रतिक्रिया