चौथो जितसंगै बैंगलोर तेस्रो स्थानमा उक्लियो
मेरोन्यूज
२०७९ वैशाख ४ गते ६:२८

काठमाडौं । दिल्ली क्यापिटल्सलाई १६ रनले पराजित गर्दै इन्डियन प्रिमियर लिग(आईपीएल) टी-ट्वान्टी क्रिकेटमा रोयल च्यालेन्जर्स बैंगलोरले चौथो जित निकालेको छ ।
शनिबार राति बैंगलोरले दिएको १९० रनको विजयी लक्ष्यमा दिल्लीले २० ओभरमा ७ विकेट गुमाएर मात्र १७३ रन बनाउन सक्यो ।
दिल्लीका डेभिड वार्नरले सर्वाधिक ६६ रन बनाए । यस्तै कप्तान ऋषव पन्तले ३४ रनको योगदान दिए । बैंगलोरका जोश हाजलउडले ३ तथा मोहमद सिराजले २ विकेट लिए ।
यस अघि पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ५ विकेट गुमाएर १८९ रनको योगफल तयार पार्यो ।
बैंगलोरका दिनेश कार्तिकले ६६ रन बनाए । ग्लेन म्याक्सवेलले ५५ रनको योगदान गरे ।
जितसँगै बैंगलोरले ६ खेलबाट ८ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ । दिल्ली ५ खेलबाट ४ अंक जोडेर आठौं स्थानमा छ ।
सम्बन्धित









एनपीएलमा आज दुई खेल : चितवन र काठमाण्डु, विराटनगर र कर्णाली भिड्दै
आजका लागि विदेशी मुद्राको विनिमयदर
आज मंसिर १२ गते शुक्रबार, कस्ताे रहला तपाइकाे राशिफल ?
एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया