अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर पृथ्वीमा फर्किए चिनियाँ अन्तरिक्षयात्री
मेरोन्यूज
२०७९ वैशाख ४ गते ८:४९

बेइजिङ । तीन जना चिनियाँ अन्तरिक्ष यात्री देशको अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर शनिबार पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यात्रीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहेका थिए ।
अन्तरिक्ष यात्री – झाइ झिगाङ, यी गुआङफु र एक महिला चालक सदस्य वाङ यापिङ अक्टोबरमा अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए ।
उनीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहे र वर्षको अन्त्यसम्ममा अन्तरिक्ष स्टेसन पूरा गर्न आवश्यक ११ वटा मिसनमध्ये पाँचौं मिसन पूरा गरेका छन् । सेन्झेउ– १३ गत अप्रिलमा सुरु भएको अन्तरिक्ष स्टेशनको निर्माण पूरा गर्नका लागि चार योजनाबद्ध चालक दल मिसनहरूमध्ये दोस्रो थियो ।
सेन्झेउ–१२ सेप्टेम्बरमा पृथ्वीमा फर्किएको थियो । चीनले अव दुईवटा मिसनहरू– तियान्झाउ–४ र शेन्झाउ–१४ प्रक्षेपण गर्ने योजनामा छ ।
सम्बन्धित
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
राष्ट्रियसभा निर्वाचनः दुई सिटका लागि बागमती र गण्डकीमा छ / छ जना प्रतिस्पर्धामा
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया