अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर पृथ्वीमा फर्किए चिनियाँ अन्तरिक्षयात्री
मेरोन्यूज
२०७९ वैशाख ४ गते ८:४९

बेइजिङ । तीन जना चिनियाँ अन्तरिक्ष यात्री देशको अहिलेसम्मकै लामो अन्तरिक्ष अभियान पूरा गरेर शनिबार पृथ्वीमा फर्किएका छन् । अन्तरिक्ष यात्रीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहेका थिए ।
अन्तरिक्ष यात्री – झाइ झिगाङ, यी गुआङफु र एक महिला चालक सदस्य वाङ यापिङ अक्टोबरमा अन्तरिक्षतर्फ प्रस्थान गरेका थिए ।
उनीहरू १८३ दिनसम्म अन्तरिक्षमा रहे र वर्षको अन्त्यसम्ममा अन्तरिक्ष स्टेसन पूरा गर्न आवश्यक ११ वटा मिसनमध्ये पाँचौं मिसन पूरा गरेका छन् । सेन्झेउ– १३ गत अप्रिलमा सुरु भएको अन्तरिक्ष स्टेशनको निर्माण पूरा गर्नका लागि चार योजनाबद्ध चालक दल मिसनहरूमध्ये दोस्रो थियो ।
सेन्झेउ–१२ सेप्टेम्बरमा पृथ्वीमा फर्किएको थियो । चीनले अव दुईवटा मिसनहरू– तियान्झाउ–४ र शेन्झाउ–१४ प्रक्षेपण गर्ने योजनामा छ ।
सम्बन्धित
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
ठगीको अभियोगमा एक जना पक्राउ
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया