सर्लाहीमा बसको ठक्करबाट साइकलयात्रीको मृत्यु
मेरोन्यूज
२०७९ वैशाख ४ गते १५:४३

सर्लाही । सर्लाहीको मलंगवा नगरपालिका–१२ मा आइतबार बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका–९ बस्ने ५८ वर्षीय शंकर राय रहेका छन् ।
बसको ठक्करबाट गम्भीर घाइते भएका रायको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको भारतिय नम्बरको मिनी बसले राय सवार साइकललाई आइतबार मध्यान्ह सवा १२ बजे ठक्कर दिएको थियो ।
बस चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
सम्बन्धित














बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया