सर्वोच्च भन्यो-“निलम्बित गभर्नर अधिकारीको रिट अध्ययनपछि दर्ता गर्छौं”
मेरोन्यूज
२०७९ वैशाख ४ गते १५:४७

काठमाडौं । आफूमाथि निलम्बनको कारबाही गैरकानुनी रहेको भन्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दिएको रिटमाथि सर्वोच्च अदालतले अध्ययन गरिरहेको छ ।
आफूमाथि गरिएको निलम्बन गैरकानुनी रहेकाले खारेज गरि पाउँ भन्दै अधिकारीले आइतबार दिएको रिटमाथि अहिले अध्ययन भइरहेको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले न्युज कारखानालाई जानकारी दिए ।
उनका अनुसार अध्ययनपछि मात्र दर्ता हुनेछ । ‘उहाँ (महाप्रसाद अधिकारी) ले आज निलम्बनविरुद्ध रिट निवेदन दिनु भएको थियो,’ प्रवक्ता पौडेलले भने, ‘अहिले अध्ययन भइरहेको छ । अध्ययनपछि मात्र दर्ता हुनेछ ।’
सरकारलाई सहयोग नगरेको र सरकारी सूचना चुहावट गरेको आरोपमा २४ चैतमा बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर अधिकारीलाई निलम्बन गरेको थियो ।
सम्बन्धित
















डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ वृद्धि, हवाई इन्धन सस्तियो
इरानको तटीय क्षेत्रको एक भवनमा विस्फोट
सुदूरपश्चिम प्रदेशका २०६ उम्मेदवार मध्ये १८ महिला : कुन पार्टीका उम्मेदवार ?
पत्रकार पिटरलाई इच्छुक पत्रकारिता पुरस्कार
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
एक तोला सुनको मूल्य ३ लाख ३९ हजार नाघ्याे, चाँदीकाे कति ?
डीपी अर्यालको संयोजकत्वमा रास्वपाले बनायाे निर्वाचन सम्पादन समिति
निर्वाचनको ३५ दिन बाँकीः यसपटक निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
तपाईको आजको दिन शुभ, अशुभ कस्तो हुनेछ ? हेर्नुहोस् राशिफल
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
प्रतिक्रिया