तीन वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु, १६ घाइते
काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका ३ सलाङघाटमा आज तीनवटा सवारी आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । घटनामा १६ जना घाइते भएका छन् ।
पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा ४ ख २७०४ नम्बरको माइक्रोले ओभरटेक गर्ने क्रममा विपरीत दिशाबाट आउँदै गरेको बा ९ च ७०३६ नम्बरको कारलाई ठक्कर दिई पुनः सोही दिशाबाट आउँदै गरेको ना ६ ख २०१४ नम्बरको ट्रकसँग ठोक्किँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए ।
दुर्घटनामा तनहुँको दमौलीस्थित रत्नहरि अस्पतालमा कार्यरत २६ वर्षीया मुना गुरुङको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएकी उनको नर्भिक अस्पताल काठमाडौँमा उपचारका क्रममा मत्यु भएको हो ।
दुर्घटनामा पछि राजमार्ग एक घण्टा अवरुद्ध भएकोमा सवारीसाधन पाखा लगाएपछि पुनःसञ्चालन भएको हो । घाइतेमध्ये तीनको अवस्था गम्भीर रहेको छ ।
















आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया