सत्ता गठबन्धनको बैठक बालुवाटारमा ९ बजे बस्दै

काठमाडौं । गठबन्धनको बैठक आज बस्दैछ । (आज) सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । मनोनयन दर्ता गर्न ६ दिनमात्र बाँकी रहँदा सत्ता गठबन्धनले महानगरपालिका र उपमहानगरपालिका सहितका स्थानीय तहमा उम्मेदवार त परै जाओस् सिटको भागवण्डा पनि मिलाउन सकेको छैन । निर्वाचन आयोगले वैशाख ११ र १२ गते मनोनयनका लागि छुट्याएको छ ।
स्थानीय तहको निर्वाचन आउन २५ दिन बाँकी छ। तर गठबन्धनमा रहेका दलबीचमात्र तालमेल गर्ने निर्णय भए पनि सिटको भागबण्डा टुङग्याउँन सकेका छैनन् । समितिका सदस्य तथा जनमोर्चा नेता हिमाल पुरीका अनुसार आज बस्ने बैठकबाट सिटको बाँडफाँटबारे निर्णय हुनसक्ने बताए ।
आइतबार गठबन्धनको निर्वाचन तयारी तथा अनुगमन समितिको बैठकमा भागबन्डा टुंग्याई शीर्ष नेतृत्वलाई रिपोर्ट बुझाउने तयारी थियो । तर, दलहरू आ(आफ्नै अडानमा रहँदा बैठक निष्कर्षविहीन बन्यो । नेपाली कांग्रेसले ६ वटै महानगरपालिकामा आफ्नो दाबी प्रस्तुत गरेको थियो । नेकपा (माओवादी केन्द्र)ले भरतपुर महानगर छाड्न मानेन भने दुईवटा उपमहानगरमा पनि दाबी कायमै राख्यो ।
नेकपा (एकीकृत समाजवादी)ले महानगरपालिकामा पोखरा मागेको छ भने उपमहानगरमा बुटवल, हेटौँडा र इटहरी मागेको छ । जनता समाजवादी पार्टी ९जसपा०ले पहिल्यैदेखि वीरगन्ज दाबी गरेको छ ।
















सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
मुस्ताङमा तीन महिनामा ४३ हजार पर्यटक भित्रिए
एमालेको केन्द्रीय कमिटी निर्वाचन आयोगमा अद्यावधिक
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
बागमती प्रदेशकाे मन्त्रालय सङ्ख्या १४ बाट घटाएर ७ कायम गर्न कांग्रेसको आग्रह
प्रतिक्रिया