रियल मड्रिड र एट्लेटिको विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड विजयी भएका छन् ।
एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हरायो । एट्लेटिको लागि दुबै गोल यानिक कारास्कोले गरे ।
५२औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा यानिकले पुनस् गोल गर्दा एथ्लेटिको महत्त्वपूर्ण तीन अंक जोड्यो ।
यसअघि खेलको ७१औँ मिनेटमा जिओफ्रीले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै एट्लेटिकोले ३२ खेलबाट ६० अंक जोड्दै चौथो स्थानमा छ । स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा छ ।
अर्को खेलमा रियलले सेभियालाई ३-२ अन्तरले पराजित गर्यो । घरेलु मैदानमा सेभियाले २-० को अग्रता बनाए पनि जोगाउन नसक्दा हार बेहोर्न बाध्यभयो ।
रियलको जितमा रोड्रीगो, नाचो फर्नान्डेज र करिम बेन्जेमाले १(१ गोल गरे । सेभियाको लागि इभान राकिटिक र एरिक लमेलाले १(१ गोल गरे ।
जितपछि रियल ३२ खेलबाट ७५ अंक सहित शीर्ष स्थानमा छ । सेभिया भने समान खेलबाट ६० अंकसहित तेस्रो स्थानमा छ ।















पोखरा विमानस्थल भ्रष्टाचार : पर्यटन मन्त्रालयका पूर्वसचिव अधिकारीसहित २१ जनाविरुद्ध मुद्दा
दोधारा-चाँदनी सुक्खा बन्दरगाहको भौतिक प्रगति ४ प्रतिशत
विश्व पानी दिवस : ‘जहाँ पानी बग्छ, त्यहाँ समानता बढ्छ’
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
प्रतिक्रिया