रियल मड्रिड र एट्लेटिको विजयी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आइतबार राति लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड विजयी भएका छन् ।
एट्लेटिकोले स्पानियोललाई २-१ गोल अन्तरले हरायो । एट्लेटिको लागि दुबै गोल यानिक कारास्कोले गरे ।
५२औँ मिनेटमा यानिकले अग्रता दिलाए । राउल डि टोमसले ७४औँ मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेलको इन्जुरी समयमा यानिकले पुनस् गोल गर्दा एथ्लेटिको महत्त्वपूर्ण तीन अंक जोड्यो ।
यसअघि खेलको ७१औँ मिनेटमा जिओफ्रीले रातो कार्ड पाएपछि एट्लेटिको १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै एट्लेटिकोले ३२ खेलबाट ६० अंक जोड्दै चौथो स्थानमा छ । स्पानियोल ३९ अंक जोडेर १२ औं स्थानमा छ ।
अर्को खेलमा रियलले सेभियालाई ३-२ अन्तरले पराजित गर्यो । घरेलु मैदानमा सेभियाले २-० को अग्रता बनाए पनि जोगाउन नसक्दा हार बेहोर्न बाध्यभयो ।
रियलको जितमा रोड्रीगो, नाचो फर्नान्डेज र करिम बेन्जेमाले १(१ गोल गरे । सेभियाको लागि इभान राकिटिक र एरिक लमेलाले १(१ गोल गरे ।
जितपछि रियल ३२ खेलबाट ७५ अंक सहित शीर्ष स्थानमा छ । सेभिया भने समान खेलबाट ६० अंकसहित तेस्रो स्थानमा छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
आज विवाह पञ्चमी: सिता र रामको पूजा गरी मनाइँदै
प्रतिक्रिया