झिमरुकको अध्यक्षमा माओवादीका पितबहादुर र उपाध्यक्षमा कांग्रेसका प्रमोद सिफारिस
मेरोन्यूज
२०७९ वैशाख ५ गते १४:२८

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्युठानको झिमरुक गाउँपलिकामा तालमेल हुने भएको छ । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसबीच चुनावी तालमेल हुने सहमति भएको हो ।
यसअघि उक्त गाउँपालिकामा राष्ट्रिय जनमोर्चाले जितेको थियो । सोही गाउँपालिकामा दुई दल मात्रै मिलेर चुनावी तालमेल गर्ने सहमति भएको हो ।
जारी गरिएको विज्ञप्तिअनुसार पालिकाको अध्यक्ष माओवादीलाई र उपाध्यक्ष कांग्रेसलाई दिने समझदारी बनेको छ ।
अरु वडाध्यक्ष र सदस्य दुई दलको आपसी समझदारीका आधारमा टुंगो लगाइने भएको छ । माओवादीले पालिका अध्यक्षमा पितबहादुर एमसी र कांग्रेसले उपाध्यक्षमा प्रमोद पोखरेल उठाउने तयारी गरेको छ ।

सम्बन्धित
















आजको विदेशी मुद्राको विनिमयदर : सबैजसो विदेशी मुद्राको विनिमयदरमा व्यापक घटे
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
बादलको अभिव्यक्ति पार्टी नीति विपरीत छ : विष्णु पौडेल
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
गृहमन्त्री गुरुङले गरे सशस्त्रका आईजीपी अर्यालसँग छलफल
ओली पक्राउको विरोधमा एमालेले देशव्यापी प्रदर्शन गर्ने
ठगीको अभियोगमा एक जना पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
प्रतिक्रिया