शुक्रबार, पुष १८, २०८२

आईओसीले पेट्रोलको मूल्य घटाएर पठायो

मेरोन्यूज २०७९ वैशाख ५ गते १५:३६

काठमाडौँ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य घटाएर पठाएको छ । आईओसीले पठाएको पेट्रोलियम पदार्थको नयाँ सूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको हो ।

यस्तै, डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जनाएको छ । आयोगका अनुसार डिजेलको मूल्य प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा प्रतिलिटर ०.३८ पैसा बढेको हो ।

नयाँ मूल्यअनुसार निगमलाई आगामी दिनमा १५ दिनमा (पाक्षिक) करिब ४ अर्ब ६९ करोड घाटा हुने छ । यसअघि चैत महिनामा आईओसीले मूल्यसूची पठाएको थियो ।

प्रतिक्रिया