हेटौँडाको मेयर छान्न गठबन्धनमा अन्योल

हेटौँडा । स्थानीय तहको निर्वाचन नजिकिएसँगै मकवानपुरमा चुनावी माहोल तातेको छ । तर, पाँच दलीय सत्ता गठबन्धनको उम्मेदवारको अझै टुंगो लाग्न सकेको छैन ।
गठबन्धन दलहरूले हेटौँडा उपमहानगरको प्रमुखका लागि आआफ्नो दाबीसहित उम्मेदवारको नाम सिफारिस गर्न थालेका छन् । गठबन्धनका दलहरूले मेयर पदका लागि अडान नछाडेपछि अझै उम्मेदवार टुंगो लाग्न नसकेको हो ।
नेकपा एकीकृत समाजवादीले आइतबार मेयर पदका लागि दुई जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेसले पनि सोमबार मेयर र उपमेयर पदका लागि तीन–तीन जनाको नाम सिफारिस गरेको छ ।
नेकपा एसले हालकी उपमेयर मीना कुमारी लामा र एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेललाई मेयरमा उम्मेदवार बनाउन सिफारिस गरेको हो । अघिल्लोपटक एमालले जितेको स्थानमा समाजवादीले दाबी गरिरहेको छ । समाजवादीले हेटौँडाका १९ वटै वडाध्यक्षहरूमा पनि नाम सिफारिस गरेको छ ।
कांग्रेस हेटौँडा उपमहानगर समितिले हेटौँडाको मेयरमा आनन्दराम पराजुली, उत्सव इटेनी र लक्ष्मी श्रेष्ठको नाम सिफारिस गरेको छ । उपमेयरमा अमृता थापा, इन्दिरा न्यौपाने र तारा राई कार्कीको नाम सिफारिस गरेको छ ।
गठबन्धनको टुंगो लागिसकेपछि कांग्रेस जिल्ला कार्य समितिले केन्द्रमा सिफारिस गर्ने नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले बताए । केही दिनमा नै उम्मेदवारको टुंगो लगाउने उनको भनाइ छ । नेकपा माओवादीले भने आफ्नो तर्फबाट मेयर तथा उपमेयरको नाम सिफारिस गरेको छैन ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया