आइएमई पेबाट हवाई टिकट काट्दा तीन सय रुपैयाँसम्म छुट

काठमाडौँ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ले हवाई उडान टिकटको नयाँ योजना सार्वजनिक गरेको छ ।
सेवाग्राहीले आइएमई पे एपमार्फत हवाई उडान टिकट काट्दा सर्वाधिक क्यास ब्याकका साथै अतिरिक्त तीन सय रुपैयाँ छुट प्राप्त गर्ने प्रबन्ध मिलाइएको छ । यात्राका लागि सबैभन्दा सहज माध्यम हवाई उडान भएकाले, आइएमई पेले यात्रुलाई हवाइ उडानमार्फत यात्रा गर्न प्रोत्साहन यस्ता योजना प्रस्तुत गर्दै आएको छ ।
नयाँ योजनाअनुसार हवाई उडान टिकटमा ५० प्रतिशतसम्मको छुटदेखि लिएर नेपालको कैयौँ रमणीय गन्तव्यको फ्री हवाई टिकट प्रदान गर्ने योजना आईएमई पेले ल्याउने गरको छ ।
योजनामा कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । पहिलोपटक आईएमई पे एप प्रयोग गर्ने सेवाग्राही वा पहिलोपटक आईएमई पे एपबाट हवाई उडान टिकट काट्ने सेवाग्राहीले मात्र यो अफरमार्फत छुट पाउने छन् । फर्स्ट टाइम युजर्सले आईएमई पे एपको पूर्व उल्लेखित क्यासब्याकका अतिरिक्त छुट पाउने छन् ।
अरु प्रयोगकर्ताले नियमित सर्वाधिक क्यासब्याकमा आइएमई पे एपमार्फत हवाई उडान टिकट बुक गर्न सक्ने छन् ।













बाक्लो हुस्सु र कुहिरोले पश्चिम तराईको जनजीवन प्रभावित
स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया