पल शाहविरुद्ध जाहेरी दिएका पीडित बालिकाका बुबाले फेरे बयान
मेरोन्यूज
२०७९ वैशाख ६ गते १८:०४

काठमाडौँ । अभिनेता पल शाहमाथि बलात्कारको आरोपमा जाहेरी दिएकी नाबालिक गायिकाका बाबुले बयान फेरेका छन् । उनले जिल्ला अदालत तनहुँमा बकपत्र गर्ने क्रममा बयान फेरेका हुन् ।
उनले शुरुमा आफूले जाहेरी दिएको तर, पछि बुझ्दै जाँदा त्यो कुरा यथार्थ नभएको भन्दै बयान फेरेका हुन् ।
बालिकाका बाबुको जाहेरीका आधारमा प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा राखेर बलात्कारको मुद्दामा अनुसन्धान अघि बढाएको थियो । उक्त मुद्दामा अदालतको आदेशसँगै शाह हाल पुर्पक्षका लागि थुनामा छन् ।
पीडित बालिकाका बाबुले पहिले नै बयान फेर्ने संकेत दिएका थिए । दुई दिनअघि पीडित बालिकाले पनि बकपत्रका क्रममा बयान फेरेका थिए ।
उनले आफूमाथि बलात्कार नभएको बताउँदै कलाकार शाह र आफू मिल्ने साथी भएको बताएकी थिइन् ।
सम्बन्धित
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया