सिरहाबाट १० हजार ६४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

सिरहा । कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण पछिल्लो दुई वर्षदेखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी वैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ । यसपालिको एसईई पहिलाकै जस्तो सामान्य अवस्थामा शुरु गर्न लागेको हो ।
एसईई परीक्षामा सिराहा जिल्लाबाट १० हजार ६४० जनासमेत गरी देशभरबाट पाँच लाख १४ हजार ७६० जना छात्र छात्रा सहभागी हुने भएका छन् ।
सिराहा जिल्लामा जम्मा एक सय ६२ विद्यालयका विद्यार्थीको लागि ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।
प्राविधिक धारतर्फका सबै विद्यार्थीको परीक्षा सदरमुकाम सिरहाको बालमन्दिर विद्यालयमा हुने समन्वय इकाई प्रमुख महतोले जनाए ।
अघिल्लो दुई वर्षसम्म ग्रेड वृद्धिको लागि छुट्टै परीक्षा केन्द्र सञ्चालन गरे पनि योपटक सबैलाई एकै ठाउँमा राखेर परीक्षा लिने भएको छ ।















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया