हुम्लामा एक पुरुष मृत फेला
मेरोन्यूज
२०७९ वैशाख ६ गते २१:२७
काठमाडौँ । हुम्लाको सिमकोट गाउँपालिका ४ बुराउँसे गाउँ नजिकै सडकमा एक पुरुष मृत फेला परेका छन् । बुराउँसे गाउँ नजिक बाटोमा अन्दाजी २९ वर्षीय पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यलय हुम्लाले जानकारी दिएको छ ।
मृत्यु हुनेमा जिल्लाको मध्य भेग सर्केगाड गाउँपालिका ८ राहदेउ घर भएका लालसिंह सुनार रहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्ष कृष्ण ओझाले जानकारी दिए । बुराउँसेमा नातेदार आफन्त बसोबास गर्दै आएको र उनीहरूलाई भेट्नका लागि सुनार गएको भन्ने बुझिन आएको छ ।
सुनारको मृत्युको कारणबारे अनुसन्धान भइरहेको र पोस्टमार्टमको रिपोर्ट आएसँगै थप जानकारी हुने प्रहरी प्रमुख ओझाले बताए ।
सम्बन्धित















अत्यावश्यक नपरी यात्रा नगर्न जिल्ला प्रशासन कार्यालय रुकुमपूर्वको अनुरोध
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया