बालुवाटारमा मध्यरातसम्म गठबन्धन शीर्ष नेताहरुको छलफल, तर जुटेन सहमति
गठबन्धनको बैठक ११ बजे फेरि बस्ने

काठमाडौं । सत्तारूढ गठबन्धनका पाँच दलका शीर्ष नेताहरूले महानगरपालिका भागबन्डा गरे पनि उपमहानगरपालिकाबारे गए राति अबेरसम्म छलफल गर्दा पनि सहमति जुटाउन सकेका छैनन्। मंगलबार दुई चरणमा छलफल भएको थियो।
गएराति १ बजेसम्म बालुवाटारमा छलफल चलेको थियो ।
छ महानगरमध्ये नेपाली कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरको मेयर लिने भएको छ। यी ठाउँमा उपमेयर अन्य पार्टीबाट हुनेछन्।
बाँकी तीन महानगरमध्ये भरतपुर नेकपा माओवादी केन्द्रलाई, पोखरा नेकपा एकीकृत समाजवादीलाई र वीरगञ्ज जनता समाजवादी पार्टी नेपाललाई दिने सहमति छ। मेयर पाएका दलले उपमेयर फरक दललाई दिने सहमति छ।
सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले महानगर र उपमहानगर भागबन्डाबारे दलहरू सहमति नजिक पुगिसकेको बताए । दलहरूले उपमहानगरबारे आज बिहान ११ बजे फेरि छलफल गर्दैछन्।
११ उपमहानगरमध्ये कांग्रेसले धनगढी, नेपालगञ्ज, तुलसीपुर, बुटवल, कलैया, इटहरी र धरान उपमहानगर पाउने गरी छलफल भएको स्रोत बताउँछ ।
जनकपुर उपमहानगर जसपालाई दिने प्रस्ताव गरिएको छ । तर कांग्रेसले पनि दाबी गरेका छन्। कांग्रेसले वीरगञ्ज महानगर मेयर आफूहरूले छाडेकोले जनकपुरको मेयर पाउनुपर्ने दाबी गरेको छ।
जनकपुर कसले लिने भन्नेमा सहमतिमा गठबन्धन पुग्न सकेको छैन।
नेकपा माओवादी केन्द्रले जितपुर-सिमरा र घोराही पाउनेबारे छलफल भएको छ भने नेकपा एकीकृत समाजवादीले हेटौंडा उपमहानगर पाउने भएको छ।
















Gold, silver prices set new records in domestic market
म्याग्दीको गुर्जा र घोडेपानीमा हिमपात
यी हुन् महोत्तरी, तनहुँ र सोलुका संवेदनशील मतदानस्थल
One dies in motorcycle accident
36 days to go for voting: Officers assigned for monitoring election code of conduct
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
कोशीमा रोशनी मेचे राष्ट्रिय सभा सदस्य निर्वाचित
प्रतिक्रिया