मंगलबार, माघ ६, २०८२

३८ हजार घुसहित प्रहरी नायब निरीक्षक पक्राउ

मेरोन्यूज २०७९ वैशाख ७ गते १८:३६

बागलुङ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित प्रहरी नायब निरीक्षकलाई पक्राउ गरेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

स्थानीयलाई धम्क्याउने, सेवाग्राहीलाई काम मिलाइदिन्छु भन्दै रकम माग्ने गरेका विपत व्यवस्थापन गुल्म बागलुङमा कार्यरत प्रहरी नायब निरीक्षक रुपनारायण महतोलाई अख्तियारको पोखराबाट खटिएको टोलीले रंगेहात ३८ हजार रुपैयाँसहित पक्राउ गरेको हो । मंगलबार बेलुकी पक्राउ परेका महतोलाई अख्तियारले बुधबार सार्वजनिक गरेको हो ।

वागलुङ नगरपालिका २ का जनप्रतिनिधिलाई साक्षी राखेर अख्तियारले ती प्रहरीलाई पक्राउ गरेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले बुधबार जारी विज्ञप्तिमा उल्लेख छ ।

महतोले लेनदेन मुद्दा मिलाइदिने भन्दै २ जना सेवाग्राहीलाई पैसा मागेपछि उनीहरु अख्तियार पुगेका थिए । घुमुवा प्रहरीको रुपमा समेत काम गरेका महतोले सादा पोसाकमा बजारमा निस्केर सेवाग्राहीलाई सास्ती दिने गरेको गुनासो थियो ।

प्रतिक्रिया