भक्तपुरमा एमालेलाई वडा सदस्यसमेत जित्न नदिने एकीकृत समाजवादी अध्यक्ष बस्नेतको दाबी

भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) भक्तपुरका अध्यक्ष श्याम वस्नेतले आफूहरुको उम्मेदबारी नेकपा एमालेकाविरुद्ध रहेको बताएका छन् । भक्तपुरबाट एमालेलाई एउटा वडा सदस्य पनि जित्न नदिने उनले दाबी गरे ।
पार्टीले बुधबार भक्तपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भक्तपुरका कुनै पनि वडामा नेकपा (एमाले) का उम्मेदवारलाई जित्न नदिनु नै आफूहरुको मुख्य उद्देशय रहेको बताए । आफूहुरुले सवै तथ्यांक लिइसकेको बताउँदै उनले एमालेले एउटा पनि वडा भक्तपुरमा नजित्ने ठोकुवा उनले गरे । उनले एमालेको भोट काटेर एमालेलाई हराउने आफूहरुको मुख्य ध्येय रहेको जनाए ।
उनका अनुसार भक्तपुरका चार वटै नगरपालिकामा आफूहरुले एमालेको भोट काट्ने छ । उनले प्रस्तुत गरे अनुसार नेकपा एसले जिल्लाको सूर्यविनायक नगरपालिकामा ४० प्रतिशत, भक्तपुर नगरपालिकामा ५५ प्रतिशत, चाँगुनारायण नगरपालिकामा २८ प्रतिशत र मध्यपुर थिमि नगरपालिकामा ३७ प्रतिशत भोट काटिनेछ ।
भक्तपुरमा सूर्यविनायक, भक्तपुर, चाँगुनारायण र मध्यपुर थिमि गरी चार वटा नगरपालिकाहरु छन् । यसका लागि आफूहरुले वडास्तरमै पुगेर हिसाव किताव गरिसकेका उनले जनाए ।
‘भक्तपुरका ३८ वटा वडामा एमालेको उम्मेदवार भनेको एउटा वडा सदस्य समेत निर्वाचित हुन नदिने हाम्रो रणनीति छ’ उनले भने, ‘त्यसका लागि हाम्रो गठबन्धनसँग मसिनोसँग छलफल गरेका छौं । हामीले सबै हिसाब गरेका छौं, लगभग एउटा वडा फुत्केला कि भन्ने भएको थियो, त्यो ठाउँमा नि एक्सरसाइज गरेका छौं ।’
उनले भक्तपुरमा पहिलो शक्तिका रुपमा काँग्रस, दोस्रो शक्तिका रुपमा एमाले र तेस्रो शक्तिका रुपमा नेकपा एस रहेको दाबी समेत गरे ।
















प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई
व्यवसायी सुलभ अग्रवाल पनि पक्राउ
इरान–अमेरिका युद्धः दुई अमेरिकी विमान नष्ट, चालक बेपत्ता
लेबनान द्वन्द्वको असर, संयुक्त राष्ट्र क्षेत्रमा कर्मचारी जोखिममा
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
राष्ट्रिय सुरक्षाको विषयलाई पुनःपरिभाषित गर्नुपर्नेछ : प्रधानसेनापति
प्रतिक्रिया