इंग्लिस प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा बुधबार राति भएको खेलमा आर्सनलले चेल्सीलाई ४(२ अन्तरले पराजित गरेको छ ।
चेल्सीलाई घरेलु मैदानमा पराजित गर्न आर्सनलका लागि एड्डी एनकेटीले दुई तथा एमिल स्मिथ र बुकायो साकाले १(१ गोल गरे ।
चेल्सीका लागि टिमो वेर्नेर र सेजर एज्पिलिक्वेटाले सान्त्वना गोल फर्काए ।
जितसँगै आर्सनल ३२ खेलमा ५७ अंक जोडेर पाँचौ स्थानमा छ । चेल्सी ३१ खेलमा ६२ अंक जोडेर तेस्रो स्थानमा छ ।
बुधबार राति नै भएको अर्को खेलमा ब्राइटनलाई ३(० अन्तरले हराउँदै म्यानचेस्टर सिटी शीर्ष स्थानमा उक्लिएको छ । घरेलु मैदान इतिहादमा सिटीलाई जित दिलाउन रियाद महरेज, फिल फोडेन र बेर्नार्डो सिल्भाले १(१ गोल गरे ।
जितसँगै सिटीले ३२ खेलमा ७७ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । अघिल्लो रात म्यानचेस्टर युनाइटेडलाई हराउदै लिभरपुल शीर्ष स्थानमा उक्लिएको थियो । पराजित ब्राइटन ४० अंक जोडेर दशौँ स्थानमा छ ।









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया