डोटीमा सत्ता गठबन्धनबीच सहमति जुटेन
काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उमेदवार चयन गर्न सत्ता गठबन्धनमा अझै सहमति जुट्न सकेको छैन ।
उमेदवारी दर्ता गर्ने दिन नजिकिए पनि डोटीमा सत्ता गठबन्धनमा अझै सहमति जुट्न नसकेको हो । सत्तारुढ गठबन्धनको चुनावी तालमेलबारे सहमति जुटाउन पटक–पटक बैठक बसे पनि सहमति जुट्न नसकेको नेताहरू बताउँछन् ।
जिल्ला स्तरमा गठबन्धनका नेताबीचमा सहमति हुन नसकेपछि सहमतिको जिम्मा केन्द्रलाई नै दिएको नेपाली कांग्रेस डोटीका सभापति नरेन्द्रबहादुर सिंहले बताए ।
उनले भने, ‘सहमतिका लागि पटक–पटक बैठक राखिए पनि सहमति जुट्न सकेन । हामीले सहमति गर्न नसक्दा केन्द्रलाई जिम्मा दिएका छौँ, केन्द्रबाट नयाँ परिपत्र नआएसम्म जिल्लामा गठबन्धन हुने अवस्था छैन ।’
सत्ता साझेदार दल माओवादी केन्द्र र एकीकृत समाजवादीको आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको उजको भनाइ छ । उता एकीकृत समाजवादीका डोटी जिल्ला उपाध्यक्ष शिवराज खड्काले कांग्रेस र माओवादीका बीचमा कुरा नमिलेका कारण गठबन्धनका नेताहरूबीच सहमति जुट्न नसकेको बताए ।
उनले भने, ‘हाम्रो तर्फबाट सहमतिका लागि कुनै समस्या छैन, कांग्रेस र माओवादीका केही साथीका कारण समस्या देखिएको हो, अब केन्द्रले समाधान गरेर गठबन्धन हुन्छ ।’ सत्ता गठबन्धनको बैठकमा कांग्रेसले जिल्लाका नौवटा पालिकामध्ये दिपायल सिलगढी तथा शिखर नगरपालिकासहित सात पालिका र ४५ वडा तथा नेकपा (माओवादी केन्द्र)ले पनि दिपायल सिलगढी एक नगरपालिकासहित चार पालिका र ३४ वडा दाबी गरेपछि विवाद सिर्जना भएको बताइएको छ ।
एकीकृत समाजवादीका जिल्ला अध्यक्ष दीर्घराज बोगटीका अनुसार आफूले जिल्लाका दुई पालिका र १६ वडा मागेको जानकारी दिए । यस्तै राष्ट्रिय जनमोर्चाले तीन वडामा आफ्नो दाबी पेश गरेको छ ।
यसअघिको स्थानीय तहको निर्वाचनमा जिल्लाका नौवटा स्थानीय तहमध्ये कांग्रेसले तीन र माओवादी केन्द्रले एउटा स्थानीय तहमा विजयी भएको थियो । नेकपा एमालेले भने पाँच स्थानीय तहमा विजयी गरेको थियो । यस आधारमा सत्ता गठबन्धनका मुख्य दल कांग्रेससँग तीन, माओवादीसँग एक र एकीकृत समाजवादीसँग एक स्थानीय तहको नेतृत्व कायम छ ।
















पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
सुदूरपश्चिममा कुष्ठरोगको समस्या यथावत
सेयर बजारमा सामान्य अंकको सुधार
कांग्रेसद्वारा विभिन्न समिति बनाउन पार्टीका सबै तहलाई निर्देशन
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
सर्लाहीमा शल्यक्रिया लगत्तै किशोरीको मृत्यु, चिकित्सक पक्राउ
प्रतिक्रिया