एमालेको संकल्प : जनप्रतिनिधिले भ्रष्टाचार नगर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।
घोषणापत्रमा एमालेले मूल रुपमा ६ वटा संकल्प समावेश गरेको छ । जसमा एमालेका जनप्रतिनिधिहरू शासक नभई सेवक भएको उल्लेख गरेको छ । यसबाहेक एमालेका संकल्पहरू यस प्रकारका छन् :
१, हाम्रा जनप्रतिनिधि शासन होइन, जनताका सेवक हुने छन् ।
२, हाम्रा जनप्रतिनिधिहरु सामाजिक जागरण र विकासका अभियान्ता हुने छन् ।
३, हाम्रो नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमुना बन्ने छन् ।
४, हाम्रा जनप्रतिनिधिहरुले सदाचारमा दृष्टान्त स्थापित गर्ने छन् ।
५, हाम्रा जनप्रतिनिधिहरूले आफूले कुनै भ्रष्टाचार गर्ने छैनन् र कडाइका साथ भ्रष्टाचार नियन्त्रण गर्ने छन् ।
५, हाम्रा जनप्रतिनिधिहरुले भ्रष्टाचारी, व्यभिचारी, अनियमितता र सार्वजनिक सम्पत्तिको दोहन गर्नेहरुलाई कानुनी कारबाहीमा दायरामा पुर्याउन अग्रण भूमिका खेल्नेछन् ।

















भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
प्रतिक्रिया