नेकपा एसबाट पोखरामा आचार्य र हेटौँडामा लामा मेयरका उम्मेदवार बन्दै
मेरोन्यूज
२०७९ वैशाख १० गते १५:५७

काठमाडौँ । सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीले पोखरा महानगरपालिकामा मेयरको उम्मेदवार टुंगो लगाउने भएको छ । नेकपा एसले आफूले पाएको एक महानगर र एक उपमहानगरको उम्मेदवार टुंगो लगाउन लागेको हो ।
सत्ता गठबन्धनको भागबण्डमा नेकपा एसले ६ महानगरमध्ये पोखरा र ११ उपमहानगरमध्ये हेटौँडाको प्रमुख पद पाएको थियो । यसका लागि उम्मेदवारको टुंगो लागिसकेको नेकपा एसले जनाएको छ ।
पोखरा महानगरको मेयरमा धनराज आचार्य र हेटौँडाको प्रमुखमा मीना लामालाई उम्मेदवार बनाउने तयारी गरेको नेकपा एसले जनाएको छ ।
पोखरामा नेकपा एसले मेयरको उम्मेदवार टुंगो लगाउने तयारी गरिरहँदा नेपाली कांग्रेस पोखराले विरोध प्रदर्शन गरेको छ । उनले पोखराको मेयर आफूले पाउनु पर्ने माग राख्दै आएको छ ।
सम्बन्धित
















आजको मौसम : तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भू-भागमा हिमपात र मध्यम वर्षा
काठमाडौँका यी स्थानमा चार घण्टा बिजुली अवरुद्ध हुने
स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
न्यायिक नेतृत्वमा इतिहासकै दोस्रो महिला सपना प्रधान मल्ल
प्रतिक्रिया