एमालेका प्रदेश समिति सदस्य मियाँ माओवादीमा प्रवेश
सप्तरी । नेकपा एमालेका मधेस प्रदेश समिति सदस्य मोहमद इस्लाम मियाँ एमाले परित्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
राजविराजमा शनिबार आयोजित कार्यक्रमका माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सप्तरी इञ्चार्ज अशोककुमार मण्डल, केन्द्रीय सदस्य असर्फी सदालगायतका नेताले उनलाई पार्टी प्रवेश गराएका थिए ।
मियाँ २०७४ सालको स्थानीय तह निर्वाचनमा बोदे बर्साइन नगरपालिकाको मेयरमा चुनाव लडेका थिए । २०७७ सालमा प्रतिनिधिसभा निर्वाचनमा क्षेत्र नम्बर ४ मा एमालेबाट उम्मेदवार बनेका थिए ।
आगामी ३० गते हुने स्थानीय तह निर्वाचनमा मियाँ पुनः मेयरमा उम्मेदवारी दिने तयारीमा छन् । पार्टी प्रवेश गरेसँगै माओवादी केन्द्रले मियाँलाई बोदे बर्साइन नगरको मेयरमा उम्मेदवार बनाउने तयारी भइरहेको छ ।
पार्टी प्रवेश कार्यक्रममा माओवादी केन्द्रका मधेस प्रदेश समिति सदस्यहरू महेशकुमार यादव, भागवत यादव, छेदी रजक विमल, जिल्ला समिति सदस्य दिलिपकुमार यादवलगायतको उपस्थिति थियो ।
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया