रोल्पाका १४ वडाध्यक्षले दिए राजीनामा

रोल्पा । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा गरेका हुन् ।
राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका ४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा नं ६ का वडाध्यक्ष अमरजित पुन रहेका छन् । रोल्पा नगरपालिका ५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं ६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर र वडा नं १० का वडाध्यक्ष मानबहादुर खत्रीसहित अन्य सदस्य रहेका छन् ।
त्यसैगरी, त्रिवेणी गाउँपालिका १ का वडाध्यक्ष देउराम घर्तीमगर, २ का वडाध्यक्ष कविराज बुढामगर वडा नं ५ का वडाध्यक्ष कृष्णबहादुर केसी र वडा नं ६ वडाध्यक्ष लेखमणि डाँगी, थवाङ गाउँपालिका ५ वडाध्यक्ष गोवद्र्धन घर्तीमगर रहेका छन् ।
यस्तै, रुन्टीगढी गाउँपालिका १ का वडाध्यक्ष मिनबहादुर थापा मगर, सुनिलस्मृति गाउँपालिका ४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्री, गंगादेव गाउँपालिका ४ का वडाध्यक्ष रामबहादुर ओली रहेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिन रोल्पा जिल्लाका विभिन्न स्थानीय तहका वडाध्यक्ष र सदस्य गरी ३८ जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
















कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया