रोल्पाका १४ वडाध्यक्षले दिए राजीनामा

रोल्पा । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रबाट स्थानीय तहमा निर्वाचित १४ वडाध्यक्षले राजीनामा दिएका छन् । जिल्लाका १० स्थानीय तहमध्येका १४ वडाका अध्यक्षले राजीनामा गरेका हुन् ।
राजीनामा दिनेमा सनुछहरी गाउँपालिकाका ४ का वडाध्यक्ष खड्कबहादुर घर्तीमगर र वडा नं ६ का वडाध्यक्ष अमरजित पुन रहेका छन् । रोल्पा नगरपालिका ५ का वडाध्यक्ष टोपबहादुर नेपाली, वडा नं ६ का वडाध्यक्ष तुलबहादुर घर्तीमगर र वडा नं १० का वडाध्यक्ष मानबहादुर खत्रीसहित अन्य सदस्य रहेका छन् ।
त्यसैगरी, त्रिवेणी गाउँपालिका १ का वडाध्यक्ष देउराम घर्तीमगर, २ का वडाध्यक्ष कविराज बुढामगर वडा नं ५ का वडाध्यक्ष कृष्णबहादुर केसी र वडा नं ६ वडाध्यक्ष लेखमणि डाँगी, थवाङ गाउँपालिका ५ वडाध्यक्ष गोवद्र्धन घर्तीमगर रहेका छन् ।
यस्तै, रुन्टीगढी गाउँपालिका १ का वडाध्यक्ष मिनबहादुर थापा मगर, सुनिलस्मृति गाउँपालिका ४ का वडाध्यक्ष गञ्जबहादुर क्षेत्री, गंगादेव गाउँपालिका ४ का वडाध्यक्ष रामबहादुर ओली रहेका छन् ।
यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवारी दिन रोल्पा जिल्लाका विभिन्न स्थानीय तहका वडाध्यक्ष र सदस्य गरी ३८ जनप्रतिनिधिले राजीनामा दिएका छन् ।
















10 injured in bus- microbus collision
घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ
नेपाली क्लाइम्बिङ टोली चीन जाने
संस्थागत क्षमता विकासमार्फत सेवा प्रवाह सुधार सरकारको प्राथमिकतामाः सञ्चारमन्त्री डा तिमिल्सिना
पाकिस्तानमा भारी वर्षा र बाढी: १५ जनाको मृत्यु
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एएफसी एसियन कप छनोटमा नेपाल लाओससँग पराजित
प्रतिक्रिया