युनाइटेडलाई हराउँदै आर्सनल शीर्ष चारमा
मेरोन्यूज
२०७९ वैशाख ११ गते ६:२७

काठमाडौं । म्यानचेस्टर युनाइटेडलाई ३-१ अन्तरले पराजित गर्दै लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा शीर्ष चारको सम्भावना कायम राखेको छ ।
शनिबार साँझ घरेलु मैदान इमिरेट्स स्टेडियममा आर्सनलको जितमा नुनो टाभारेस, बुकायो साका र ग्रानिट जाकाले गोल गरे ।
युनाइटेडका लागि क्रिस्टियानो रोनाल्डोले एक गोल फर्काए । ब्रुनो फर्नाण्डेजले भने पाएको पेनाल्टी सदुपयोग गर्न सकेनन् ।
जितसँगै आर्सनल ३३ खेलबाट ६० अंक जोड्दै शीर्ष चार भित्र रहेको छ । शीर्ष चारमा रहेर लिग टुंगाए आर्सनल आगामी च्याम्पियन्स लिगमा छनोट हुनेछ ।
एक खेल बढी खेलेको युनाइटेड ५४ अंक जोडेर छैटौं स्थानमा छ ।
सम्बन्धित









एसिसी प्रिमियर कपः हङकङविरुद्ध नेपाल शानदार जीत
सरकारले निर्वाचनको वातावरण बनाउनुपर्छः नेता डा रावल
पोखराको पहिलो जित, साविक विजेता जनकपुर फेरि निराश
मुलुकको राष्ट्रिय स्वाधीनता रक्षाका लागि वामपन्थी ध्रुवीकरणको प्रारम्भ गरिएको छः संयोजक प्रचण्ड
कमला नगरपालिकाका तत्कालीन मेयर गोइतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
आज २०८२ साल मंसिर ९ गते मंगलबारको राशिफल
प्रधानसेनापतिद्वारा सहायक रथीलाई दर्ज्यानी चिन्ह प्रदान
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
प्रतिक्रिया