अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेनमा

किभ । रुससँगको यद्धबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन् ।
रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार सहयोग मागिरहेका बेला ब्लिनकेन र अस्टिनसँग राष्ट्रपति जेलेन्स्कीले भेट गरेका हुन् ।
रुसी सेनाले पूर्वी बन्दरगाह सहर मारिअपोललाई कब्जा गरेको दाबी गरिरहेका बेला युक्रेनले रुसको प्रतिकार गर्न अमेरिकासँग शक्तिशाली हतियार मागिरहेको छ ।
जेलेन्स्की सरकारले रुससँग शान्ति वार्ताको पनि प्रस्ताव गरेको छ । मारिओपोलमा रहेको स्टिल कारखानामा वार्ता गर्न सरकारले रुसी पक्षलाई आह्वानसमेत गरेको छ ।
रुसी सेनाले निरन्तर गोलाबारी गर्दा केही युक्रेनी सेना र सर्वसाधारण नागरिकहरू सो सहरमा फसेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
भीषण युद्धका कारण मारिओपोलमा केही सातादेखि विद्युत, खाद्यन्न, पानीको अभाव छ । राष्ट्रपति जेलेन्स्कीका सहयोगीले प्रस्तावित वार्तालाई अजोभस्टल कारखानाको पर्खालको छेउमा आयोजना गर्न सकिने बताएका छन् । जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले भने, ‘रूसले मारिउपोल अजोभस्टालमा लगातार आक्रमण गरिरहेको छ ।’
















भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रधानमन्त्रीसँग नर्वेली राजदूतको शिष्टाचार भेट
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
पूर्वप्रधानमन्त्री हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशद्वारा भारतको आलोचना
प्रतिक्रिया