अमेरिकी विदेशमन्त्री र रक्षामन्त्री युक्रेनमा

किभ । रुससँगको यद्धबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिनकेन र रक्षामन्त्री लोयड अस्टिनलाई राजधानी किभमा भेट गरेका छन् ।
रुसी सेनाविरुद्ध कडा प्रतिकार गर्न युक्रेनले अमेरिकासँग हतियार सहयोग मागिरहेका बेला ब्लिनकेन र अस्टिनसँग राष्ट्रपति जेलेन्स्कीले भेट गरेका हुन् ।
रुसी सेनाले पूर्वी बन्दरगाह सहर मारिअपोललाई कब्जा गरेको दाबी गरिरहेका बेला युक्रेनले रुसको प्रतिकार गर्न अमेरिकासँग शक्तिशाली हतियार मागिरहेको छ ।
जेलेन्स्की सरकारले रुससँग शान्ति वार्ताको पनि प्रस्ताव गरेको छ । मारिओपोलमा रहेको स्टिल कारखानामा वार्ता गर्न सरकारले रुसी पक्षलाई आह्वानसमेत गरेको छ ।
रुसी सेनाले निरन्तर गोलाबारी गर्दा केही युक्रेनी सेना र सर्वसाधारण नागरिकहरू सो सहरमा फसेको प्राप्त विवरणहरूमा जनाइएको छ ।
भीषण युद्धका कारण मारिओपोलमा केही सातादेखि विद्युत, खाद्यन्न, पानीको अभाव छ । राष्ट्रपति जेलेन्स्कीका सहयोगीले प्रस्तावित वार्तालाई अजोभस्टल कारखानाको पर्खालको छेउमा आयोजना गर्न सकिने बताएका छन् । जेलेन्स्कीका सल्लाहकार मिखाइलो पोडोल्याकले भने, ‘रूसले मारिउपोल अजोभस्टालमा लगातार आक्रमण गरिरहेको छ ।’
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया