मनोनयनको पहिलो दिन १३ हजार ३८६ जनाले दर्ता गरे उम्मेदवारी
मेरोन्यूज
२०७९ वैशाख १२ गते १२:१४

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आव्हान गरिएको मनोनयन दर्ताको पहिलो दिन देशभर १३ हजार ३८६ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
निर्वाचन आयोगका अनुसार प्रदेश १ मा २ हजार ५७९, मधेश प्रदेशमा ४ हजार ५४, बागमती प्रदेशमा १ हजार ९०१, गण्डकी प्रदेशमा ८६९, लुम्बिनी प्रदेशमा २ हजार ७१२, कर्णाली प्रदेशमा ४५२ र सुदुरपश्चिम प्रदेशमा ८२१ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।
मनोनयन दर्ताको पहिलो दिन प्रमुख पदको लागि ६१३, अध्यक्षको लागि ४७६, उपप्रमुखको लागि २६८, उपाध्यक्षको लागि ३०३, वडा अध्यक्षको लागि ३ हजार ५४६, महिला सदस्यको लागि २ हजार ६९, दलित महिला सदस्यको लागि १ हजार ६६४ र सदस्यको लागि ४ हजार ४४७ जनाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन आयोगले मनोनयन दर्ताको लागि आज बेलुकी पाँच बजेसम्म समय तोकेको छ ।
सम्बन्धित
















संसद् पुनर्स्थापनाको रिटमा चुनावअघि फैसलाको माग गर्दै कांग्रेसका निवर्तमान सांसद भोलि सर्वोच्च जाने
अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने
बादोरियो कराते टोली भारत जाँदै
बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
आज माघ १२ गते सोमबार, कस्ताे रहला तपाइकाे राशिफल ?
प्रतिक्रिया