बुधबार, माघ १४, २०८२

निवार्चनअघि माओवादी केन्द्रको विजयी शुरुवात

मेरोन्यूज २०७९ वैशाख १२ गते १६:०३

काठमाडौँ । मनाङको नेस्याङ गाउँपालिका ९ खाङसारको वडाध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादीका तर्फबाट वडाध्यक्षको उम्मेदवार च्योल्पा गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रका गुरुङलाई वडावासीको संयुक्त भेलाले वडाध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार वडाध्यक्षमा गुरुङलगायत सबै सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन ।

सदस्यहरूमा अनिल गुरुङ, धनबहादुर गुरुङ, महिला सदस्य रिया गुरुङ र दलित महिला सदस्य सुष्मिता सेन्चुरी स्वतन्त्र उम्मेदवारमा निर्वार्चित भएका हुन् ।

प्रतिक्रिया