बुधबार, माघ १४, २०८२

टिकट पाउने आशामा एमाले प्रवेश, अन्तमा स्वतन्त्र उम्मेदवारी दर्ता

मेरोन्यूज २०७९ वैशाख १२ गते १६:२५

काठमाडौँ । टिकट पाउने आशमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) छाडेर नेकपा एमाले प्रवेशका जानकीराम साहले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

एमालेबाट पनि टिकट नपाएपछि उनले जनकपुरधाम उपमहानगरको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका हुन् ।

यसअघि उनी जनकपुरधाम वडा नम्बर ७ का अध्यक्ष थिए । मेयरको टिकट पाउने आशामा उनी एक साताअघि मात्रै एमाले प्रवेश गरेका थिए ।

एमालेले जनकपुधामको मेयरमा शिव शंकर साह हिरालाई उम्मेदवारमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया