नेप्से परिसूचक ३४ अंकले घट्यो

काठमाडौँ । साताको दोस्रो दिन सोमबार नेपाली सेयर बजार नेप्से ३४ दशमलव ९५ अंकले घटेर परिसूचक २३ सय ८६ अंक बन्द भएको छ ।
साताको पहिलो दिन आइतबार एकैदिन ९६ अंकले बढेर हरियाली छाएको नेप्सेमा सोमबार ३४ अंकको गिरावट आउँदा नेप्सेको सेन्सेटिभ इण्डेक्स ६ अंकले घटेको छ ।
सोमबार नेप्सेको सेन्सेटिभ इण्डेक्स चार सय ५४ अंक पुगेर बन्द भएको छ । नेप्सेमा ५० लाख ४७ हजार कित्ता सेयर खरिद बिक्री हुँदा दुई अर्ब चार करोड २२ लाख हजार रुपैयाँको कारोबार भएको छ ।
कारोबार रकम आइतबारभन्दा ५१ करोडले कमी आएको छ । नेप्सेमा सोमबार अधिकांश सेक्टरका सेयर धनीले गुमाएका छन् ।
नेप्सेमा एक सय ६३ कम्पनीका सेयर धनीले ठूलो रकम गुमाउँदा जम्मा २७ कम्पनीले सेयर धनीले नाफा कमाएका छन् ।
सेयर बजारमा लाइफ इन्स्योरेन्स र नन् लाइफ इन्स्योरेन्स सेक्टरका सेयर धनीले सबैभन्दा धेरै सय अंक बढीको गिरावट व्यहोर्नु परेको छ ।

















इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
खोटाङमा श्रम संस्कृति पार्टी समानुपातिकतर्फ पहिलो
२१० दिनपछि शुक्लाफाँटा आरक्ष विस्थापितको अनशन अन्त्य
राष्ट्रिय दल बन्ने दाैडमा कुन-कुन पार्टी ?
सर्लाही-४ : गगन थापा ३२ सय मतले पछाडि
गोरखा – १ मा सुधन गुरुङको सुरुवाती अग्रता
नेपाललाई बधाइ दिँदै मोदीले भने – नयाँ सरकारसँग सहकार्य गर्न प्रतिबद्ध छाैं
ओखलढुंगामा रास्वपाका विश्वराज पोखरेल ५ मतको अन्तरमा विजयी
प्रतिक्रिया