थप २१ जनामा संक्रमण पुष्टि
मेरोन्यूज
२०७९ वैशाख १२ गते १८:१५
काठमाडौँ । आज थप २१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनमा चार हजार ७७५ जनामा परीक्षण गर्दा २१ जनामा संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या २७१ जना छन् । पछिल्लो समय १७ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६६ हजार ५४० पुगेको छ ।
यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य संक्रमित भएको ३१ जिल्ला पुगेका छन् । नेपालमा संक्रमण दर १७.४ प्रतिशत छ ।
हाल होम आइसोलेशनमा २७०, संस्थागत आइसोलेशनमा एक जनाको उपचार हुँदै छ । विगत २४ घण्टामा एक लाख २३ हजार २१० जनाले खोप लगाएका छन् ।
सम्बन्धित
















बाँकेमा हाइसको ठक्करबाट बालकको मृत्यु
स्यान्टु र एरिका वर्ष सर्वोत्कृष्ट खेलाडी
महाकालीमा बेपत्ता चन्द भारतमा मृत फेला
गेटा अस्पताल र पाठ्यपुस्तक छपाइबारे शिक्षामन्त्रीको चासो
खाडीमुलुकमा युद्धको अफवाह फैल्याउने ११ नेपाली पक्राउ
भोलिदेखि नेपाल–चीन जोड्ने रसुवागढी नाका बन्द हुने
दीपक खड्का र रेखा शर्माद्वारा रिहाइका लागि सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट दर्ता
बिपी राजमार्ग अनिश्चितकालीन बन्द
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
प्रतिक्रिया