शनिबार, चैत २१, २०८२

पोखराको मेयर बन्न २३ जनाले दिए मनोनयन दर्ता

मेरोन्यूज २०७९ वैशाख १२ गते १९:२९

कास्की । पोखराको मेयर बन्न २३ जनाले उम्मेदवारी दर्ता गरेका छन् । मुख्य राजनीतिक दल, साना दल र स्वतन्त्र गरी २३ जनाले नाम दर्ता गराएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

प्रमुख दल नेकपा एमालेबाट कृष्ण थापा उम्मेदवार बनेका छन् । गठबन्धनबाट एकीकृत समाजवादीका नेता धनराज आचार्यले मेयरमा उम्मेदवारी दिएका छन् ।

सचेत नेपाली पार्टीबाट भोजराज खनाल, मौलिक जरोकिलो पार्टीका एन्जल तिमिल्सीना, मंगोल नेशनल अर्गनाइजेसनबाट प्रेमप्रसाद गुरुङ, नेपाल जनता दलबाट मुक्तिनाथ सुवेदी, आमूल परिवर्तन पार्टीबाट मुना बानियाँले उम्मेदवारी दिएका छन् ।

यस्तै, जनमत पार्टीबाट शरणसिंह मोक्तान, देशभक्त समाजबाट नरबहादुर दमै, रोशनी बानियाँले नेपालका लागि नेपाली पार्टी, संघीय राष्ट्रिय लोकतान्त्रिक मञ्चबाट अनिलकुमार राई, उन्नत लोकतन्त्र पार्टीबाट आशिष् थापा, नेकपा समाजवादीबाट भेषराज त्रिपाठीले उम्मेदवारी दिएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्वतन्त्र रूपमा उम्मेदवारी दिनेहरू पनि धेरै छन् । अटेरी अभियानबाट गनेस पौडेल, विमलबहादुर कार्की, रामराज अधिकारी, डिलबहादुर गुरुङ, नवराज बास्तोला, किसान सिंह गुरुङ, नन्दप्रसाद तिवारी, सुनिल कुमार कोइराला र ऋषिराम सापकोटाले स्वतन्त्र उम्मेदवारी दिएका हुन् । कार्की, सापकोटा र तिवारीले गठबन्धनबाट बागी उम्मेदवारी दिएका हुन् ।

प्रतिक्रिया