एमालेले अध्यक्ष उठ्न पठाएका उम्मेदवार उपाध्यक्षमा निर्विरोध
मेरोन्यूज
२०७९ वैशाख १२ गते २०:०७
पोखरा । नेकपा एमाले प्रदेश कमिटीले अध्यक्षको उम्मेद्वार बनाएर पठाएका उम्मेदवार उपाध्यक्षमा निर्विरोध भएका छन् । एमालेले मनाङको नार्पाभूमी गाउँपालिकाको अध्यक्षमा ज्याप्ले गुरुङलाई उठाउने निर्णय गरेको थियो । तर उनी उपाध्यक्षमा निर्विरोध भएका हुन् ।
अध्यक्षमा कांग्रेसबाट हालका उपाध्यक्ष कोञ्जो तेञ्जिङ लामासहित ३ जना उठेका छन् । कांग्रेसबाट कृष्णबहादुर लामा र एमाले समर्थक मिङमर सोनाम लामाले उम्मेदवारी दिएका हुन् । अध्यक्षमा पनि सर्वसम्मतको प्रयास भइरहेको छ ।
यस्तै, वडा नम्बर १ को अध्यक्षमा फुर्वा ठेले लामा, ४ को अध्यक्षमा कर्मा ग्याल्जेन लामा र ५ को अध्यक्षमा सोनम तेंजे लामा निर्विरोध निर्वाचित भए । बाँकी दुई वडामा २–२ जना उठेका छन् ।
सम्बन्धित
















‘स्वास्थ्य चुनौती सम्बोधन गर्न सरोकारवालाबीच सहकार्य अपरिहार्य’:स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मेहता
धनगढीस्थित फाप्ला क्रिकेट मैदान निर्माण हुन्छ : मन्त्री पोखरेल
Tikapur Municipality launches training targeting to raise awareness on snake
ट्रम्पले कडा चेतावनी दिँदा पनि इरान अडिग
Two arrested after firing shots in Pingalasthan
ट्रम्पले दिए इरानलाई हर्मुज जलमार्ग खोल्न ४८ घण्टाको अन्तिम अल्टिमेटम
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
१५औँ महाधिवेशनको तयारीमा कांग्रेस : ‘जरा अभियान’ मा गाउँ तहसम्म पुग्ने
ओखलढुङ्गामा आगलागी हुदा ५७ लाख बढीको क्षति
युएईमा घाइते भएका सातै नेपाली खतरामुक्त, छ जना अस्पतालबाट ‘डिस्चार्ज’
प्रतिक्रिया