कोकाकोला नेपालले युथ स्पिक फोरमसँगको सहकार्यमा वाइएसएफ २०२२ आयोजना गर्दै

काठमाडौँ । पेय पदार्थ कोकाकोलाले आइसेक नेपालसँगको सहकार्यमा यो वर्ष योथ स्पिक फोरम सञ्चालन गर्दै छ । कोकाकोलाले आइसेकसँग २०१७ देखि सहकार्य गर्न थालेको हो ।
त्यसयता यसले एक्सन फर एसडिजि २०१७, योथ स्पिक फोरम २०१७, २०१९ र २०२१ लगायत अन्य कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यस वर्ष वाइएसएफको मुख्य विषय युवा विकास र उनीहरूको चासोलाई सम्बोधन गर्नु रहेको छ । कोकाकोला नेपालले विगत पाँच वर्षदेखि युवा सशक्तिकरण र दिगो भविष्यको उद्देश्यसहित आइसेकसँग साझेदारी गर्दै आएको छ ।
वाइएसएफ इंगेज विथ आइसेकअन्तर्गतको एउटा कार्यक्रम हो । जसको मुख्य उद्देश्य युवा सशक्तिकरण रहेको छ । यस कार्यक्रमले विभिन्न क्रस सेक्टर र मल्टिजेनेरेसनल स्पेसका युवा नेताहरुलाई विश्वव्यापी मुद्दाहरूको बारेमा छलफल गर्न एकै ठाउँमा भेला हुने अवसर प्रदान गर्छ ।
सशक्तिकरण, सहभागिता र प्रतिबद्धता गरी तीन चरणमा सञ्चालन हुने यो कार्यक्रमले युवाहरुलाई बहस र छलफलका निष्कर्षलाई कसरी कार्यान्वयन गर्न सकिन्छ । र, त्यसमार्फत कसरी दिगो विकासका लक्ष्यहरु हासिल गर्नका निम्ति योगदान दिन सकिन्छ भन्ने विषयमा जोड दिन्छ ।
यस वर्षको युथ स्पिक फोरमको विषय “स्वच्छ भोलिका लागि दिगो फोहोर व्यवस्थापन” रहेको छ । वाइएसएफको तीनै चरणका कार्यक्रमहरु संयुक्त राष्ट्रसंघको सबैका लागि स्वच्छ खानेपानी र सरसफाइको उपलब्धताका साथै यसको दिगो व्यवस्थापन सुनिश्चित गर्ने एवम् दिगो उपभोग र उत्पादन प्रणाली सुनिश्चित गर्ने दुई मुख्य दिगो विकास लक्ष्यहरुमा केन्द्रित हुने छन् ।
कोकाकोलाको “संसारलाई रिफ्रेस गर्ने र हरेक किसिमबाट सकरात्मक परिवर्तन गर्ने” उद्देश्य र आइसेकको “मानवीय क्षमताको पूर्ण सदुपयोग र शान्ति” उद्देश्यसहित यसपालिको योथ स्पिक फोरम सञ्चालन हुँदै छ । जसले यिनीहरु दुवैलाई आफ्नो उद्देश्यको एक कदम नजिक ल्याएको छ ।













गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
Russian Foreign Minister congratulates newly-appointed Foreign Minister Sharma
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
चन्द्र ढकालका छोरा सचिन बालेनको तर्फबाट रास्वपाको समानुपातिक सूचीमा
प्रतिक्रिया