शुक्रबार, मंसिर १२, २०८२

आईपीएल : छैटौं जितको खोजीमा बैंगलोर राजस्थानसंग भिड्दै

मेरोन्यूज २०७९ वैशाख १३ गते १२:३६

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेटमा आज मंगलबार एक खेल रोयल च्यालेन्जर्स बैंगलोर र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुनेछ खेल हुँदैछ । पुनेमा हुने दुई टोलीबीचको खेल ७: ४५ बजे सुरु हुनेछ ।

बैंगलोर आज छैटौं जितको खोजीमा रहेको छ । ८ खेलमा १० अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

राजस्थान पनि छैटौं जित निकाल्न चाहन्छ । ७ खेलमा १० अंक जोडेर तेस्रो स्थानमा रहेको छ । दुई टोलीबीचको पछिल्लो भेटमा बैंगलोर बलियो देखिएको छ ।

पछिल्लो पाँच खेलमा राजस्थानविरुद्ध बैंगलोर अपराजित रहेको छ । यसै सिजनको पहिलो भेटमा बैंगलोरले राजस्थानलाई ४ विकेटले हराएको थियो । बैंगलोर उक्त जितलाई कायम राख्न चाहन्छ । राजस्थान भने हारको बदला लिन चाहन्छ ।

प्रतिक्रिया