शुक्रबार, पुष १८, २०८२

सरकारले लगायो मोटरसाइकलदेखि जीपसहित १० प्रकारका सामान नेपाल भित्र्याउन प्रतिबन्ध(सूचीसहित)

मेरोन्यूज २०७९ वैशाख १४ गते ८:२६

काठमाडौं । सरकारले १० प्रकारका सामान नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशित गर्दै विलासी उपभोग्य सामान असार मसान्तसम्म नेपाल भित्र्याउन प्रतिबन्ध लगाएको हो ।

२५० सीसीभन्दा माथि क्षमताका मोटरसाइकल, ३२ इञ्चभन्दा माथिका रंगीन टेलिभिजन, जीप, कार र भ्यान, मोबाइल, कुरकुरे, कुरमुरे, लेज, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सुर्तीजन्य बस्तु, हिरा, सबै प्रकारका खेलौना तथा खेल्ने तास नेपाल ल्याउन पाइने छैन । यी सामाग्रीहरु असार मसान्तसम्मका लागि आयातमा रोक लगाएको हो । मन्त्रालयले कूटनीतिक नियोगका अधिकारीहरुलाई भने यी सामान ल्याउन बन्देज लागू नहुने जनाएको छ । यसैगरी वैशाख १३ गतेअघि बैंकिङ प्रक्रिया पूरा गरेकाहरुको हकमा पनि बन्देज लागू हुने छैन ।

प्रतिक्रिया