शनिबार, चैत २१, २०८२

बागीलाई उम्मेदवारी फिर्ता लिन रसुवा कांग्रेसको निर्देशन

मेरोन्यूज २०७९ वैशाख १४ गते १७:४७

रसुवा । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बागी उम्मेदवारी दिएकालाई नेपाली कांग्रस रसुवाले उम्मेदवारी फिर्ता लिन निर्देशन दिएको छ । नेपाली कांग्रेस रसुवाका पार्टी सभापति पेम्बा छिरिङ तामाङले आज (बुधबार) विज्ञप्ति जारी गर्दै बागी उम्मेदवारी दिनेलाई फिर्ता लिन निर्देशन दिएका हुन् । 

Advertisement
nepal life insurencenepal life insurence

‘स्थानीय तहको निर्वाचनमा रसुवा जिल्लाका नेपाली कांग्रेस क्रियाशील सदस्यबाट आफ्नो पार्टीविरुद्ध विभिन्न स्थानमा बागी उम्मेदवारी दिएको सुन्नमा आएकाले समय अवधिभित्र बागी उम्मेदवार फिर्ता लिई पार्टीको उम्मेदवारलाई विजय गराउन सहयोग गराउन नेपाली कांग्रेस रसुवा अपिल गर्दछौं,’ पार्टी सभापति पेम्बा छिरिङ तामाङले निकालेको विज्ञप्तिमा भनिएको छ । 

उम्मेदवारी फिर्ता नलिए नेपाली कांग्रेसको विधान अनुसार स्वतः साधारण सदस्य समेत नरहने गरी कारबाही हुनेसमेत उनले बताए । जिल्लामा नेपाली कांग्रेसबाट पालिका अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षमा बागी उम्मेदवारी परेको छ । 

त्यसैगरि पार्टीको आधिकारिक उम्मेदवारविरुद्ध सामाजिक सञ्जालमा प्रचार गर्ने, भ्रम सिर्जना गर्ने काम भइरहेकाले तुरुन्तै रोक्नसमेत तामाङले विज्ञप्तिमार्फत सबैमा अनुरोध गरेका छन् ।

प्रतिक्रिया