सशस्त्रको एआइजीमा बढुवा भएका राजु अर्यालले लगाए दर्ज्यानी चिह्न

काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक (आइजीपी) पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका राजु अर्याललाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
काठमाडौंको हल्चोकस्थित सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आज (बुधबार) आयोजित विशेष समारोहबीच उनलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो।
महानिरीक्षक केसीले अर्याललाई बधाई दिनुका साथै कार्य सफलताको शुभकामना पनि दिए। सोही क्रममा उनले शान्ति सुरक्षा, सीमा सुरक्षा, राजस्व चुहावट नियन्त्रण, विपद् उद्धारलगायत सांगठनिक जिम्मेवारीहरूमा खरो रूपमा उत्रिन सशस्त्र प्रहरी कर्मचारीलाई निर्देशनसमेत दिए ।
मन्त्रिपरिषद्को मंगलबार बसेको निर्णयबाट उनी एआइजीमा बढुवा भएका हुन्। २०५४ चैत १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका राजु अर्याल २०५८ मा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तरण भएका थिए।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया