बागी उम्मेदवारी फिर्ता लिनुस् : प्रधानमन्त्री (बक्तब्यसहित)
पार्टीको विजयका लागि साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी भन्ने उच्चतम भावना राख्न आग्रह

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता गठबन्धन भन्दा बाहिर रहेर पार्टीका नेताहरुले दिएको स्वतन्त्र उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन् । उम्मेदवारी फिर्ताको समय एक दिन मात्रै बाँकी रहँदा प्रधानमन्त्री देउवाले आफ्नै पार्टी कांग्रेसका नेता कार्यकर्तालाई त्यस्तो आग्रह गरेका हुन् ।
उनले विहिवार बक्तब्य नै जारी गरेर त्यस्तो आग्रह गरेका हुन् ।
देउवाले नयाँ संविधानको रक्षा तथा लोकतन्त्रका आधारभूत मूल्य मान्यताको संरक्षण गर्न तथा लोकतन्त्र विरोधी र संविधानलाई कमजोर बनाउन सक्रिय प्रवृत्तिलाई परास्त गर्न कांग्रेससहित पाँच दलले गठबन्धन निर्माण भएको पनि वक्तब्यमार्फत जनाएका छन् ।
एउटा उम्मेदवार बन्दा अर्को उत्तिकै योग्य साथीले अवसर नपाएको स्थितिप्रति आफू जानकार रहेको भन्दै प्रधानमन्त्री देउवाले त्याग, एकता र समर्पण भावका साथ अगाडी बढन् नेता कार्यकर्तालाई अपिल पनि गरेका छन् ।
प्रधानमन्त्रीले भने, ‘पार्टीको विजयका लागि “साथीको उम्मेदवारी नै मेरो उम्मेदवारी” भन्ने उच्चतम भावना राख्न र कांग्रेसको एकल उम्मेदवारी भएको तह होस् या सत्ता गठवन्धनका दलहरूसंग तालमेल भएको तह, त्यहाँको विजय अभियानलाई त्याग, एकता र समर्पणका साथ सफल बनाउन म अपिल गर्दछु ।’
हेर्नुहोस बक्तब्य


















कास्कीमा निर्वाचन प्रहरीको तालिम आइतबारदेखि
निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया