बिहीबार, वैशाख १०, २०८३

सिरियामाथि इजरायलको आक्रमण, चार सैनिकको मृत्यु

मेरोन्यूज २०७९ वैशाख १५ गते १३:५९

काठमाडौँ । सिरियाको दमासकसमा इजरायलले शक्तिशाली हतियारबाट आक्रमण गरेको बताइएको छ । केही दिनयता इजरायलले सो हमला जारी राखेको समाचारमा जनाइएको छ ।

Advertisement
NiccNicc

बुधबार सिरियाको राजधानी दमासकसमथि इजरायलले हमला गरेको र त्यसका क्रममा कम्तीमा पनि चार जना सिरियाली सैनिक मारिएका बताइएको छ । सिरियाली सरकारी समाचार समिति सानाले दिएको जानकारीअनुसार बुधबार बिहानैदेखि इजरायलले सिरियाको राजधानी दमासकस नजिकैका कतिपय क्षेत्रमा हमला गरिहेको छ । त्यस क्रममा सिरियाली कम्तीमा चार जना सैनिकको ज्यान गएको छ ।

आक्रमणबाट भौतिक सम्पत्तिमा क्षति पुगेको सिरियाली सरकारले जनाएको छ । सिरियाली सैनिक स्रोतका अनुसार यहाँका सैनिकले इजरायलले प्रहार गरेका मिसाइलहरू निस्तेज पारेर खसालिदिएको थियो ।

सिरियाली हवाई सुरक्षा सैन्य बलले प्रतिरक्षा गरेर ती मिसाइल खसालेपछि ठूलो क्षति हुनबाट रोकिएको बताइएको छ ।

प्रतिक्रिया