कांग्रेस–माओवादीका उम्मेदवारलाई जिताउनु पर्छ : अध्यक्ष नेपाल
मेरोन्यूज
२०७९ वैशाख १५ गते १४:१२

काठमाडौँ । नेकपा एकीकृत समाजवादी अध्यक्ष माध नेपालले वडा तहमा पनि गठबन्धनमा सहमतिको प्रयास भइरहेको जानकारी दिएका छन् ।
काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा उनले पालिका प्रमुखमा जस्तै वडा तहमा सहमतिको प्रयास भइरहेको जानकारी दिए ।
अध्यक्ष नेपालले कांग्रेस, माओवादी केन्द्रसहित गठबन्धनमा आबद्ध दलका उम्मेदवारलाई निर्वाचित गर्न आफ्ना नेता तथा कार्यकर्तालाई आह्वान गरे ।
बिहीबार गठबन्धनको कार्यदलको बैठक बस्न लागेको जानकारी दिँदै उनले सहमतिका साथ गठबन्धन अघि बढ्ने बताए ।
स्थानीय तहमा गठबन्धनबीच सहमति कायम गरेर उम्मेदवारलाई निर्वाचित गराउने विषयमा छलफल गर्न कार्यदलको बैठक बस्न लागेको भन्दै उनले केही पालिकामा एकीकृत समाजवादीका उम्मेदवार निर्विरोध निर्वाचित भएका जानकारी दिए ।
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
संसद् सचिवालयमा सर्वदलीय बैठक
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया