‘पार्टीले मेरो कुरा सुनेन, जितेर देखाइदिन्छु’
मेरोन्यूज
२०७९ वैशाख १५ गते १६:४०

हेटौँडा । नेपाली कांग्रेस बागमती प्रदेश कमिटीले बागी उम्मेदवारलाई उम्मेदारी फिर्ता लिन अपिल गरेको छ । बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले विज्ञप्ति जारी गर्दै गठबन्धनविरूद्ध स्वतन्त्र उम्मेदवारी दिएको भए फिर्ता गर्न आग्रह गरेका हुन् ।
यसैबीच, हेटौँडा उपमहानगर २ मा नेपाली कांग्रेसका नेता सुदीप राजबाहकले स्वतन्त्र उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।०७४ सालको निर्वाचनमा २ नम्बर वडामा कांग्रेसबाट जित्ने राजबाहक एक्ला जनप्रतिनिधि हुन् ।
यसपटक अध्यक्षका लागि दाबी गरे पनि पार्टीले टिकट नदिएपछि उनले बागी उम्मेदवारी दिएका थिए । ‘म कुनै पनि हालतमा उम्मेदवारी फिर्ता लिन्नँ,’ राजबाहकले भने, ‘मेरो पक्षमा युवाहरू छन्, तर पार्टीले मेरो कुरा सुनेन, म जितेर देखाइदिन्छु ।’
सम्बन्धित
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया