को हुन् केशव स्थापितसँग भनाभन गर्ने महिला ?

काठमाडौँ । आसन्न निर्वाचनमा नेकपा एमालेबाट काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित पुनः विवादमा आएका छन् ।
बिहीबार नेसनल कलेजमा आयोजित एक कार्यक्रममा एक युवतीले ‘मी टू’को बारेमा प्रश्न गर्दा अस्वभाविक उत्तर र शैलीका कारण विवादमा आएका हुन् ।
ती युवतीले केशव स्थापितलाई ‘तपाईको कार्यालयमा आफ्नै कर्मचारी त सुरक्षित छैनन्, जनताले तपाईलाई किन भोट हाल्ने ?,’ भन्ने प्रश्न गरेकी थिइन् । सोही प्रश्नप्रति आपत्ति जनाउँदै स्थापित एकाएक जंगिएका थिए । उनले उक्त प्रश्नप्रति आपत्ति जनाउँदै ‘तपाईको फेस नाइस छ, थुतुनो भएन,’ भनेका थिए ।
उनलाई ‘मी टू’बारे प्रश्न गर्ने महिला भावना राउत हुन् । लामो समयदेखि महिला हक अधिकारका विषयमा बोल्दै आएकी उनी महिला हिंसा र महिलासँग सम्बन्धित मुद्दामा सक्रिय रुपमा बहस गर्दै आएकी छन् ।
उनी विवेकशील साझा पार्टी निकट हुन् । तर, उनले पछिल्लो समय पार्टीभित्रको आन्तरिक कलह बढेपछि आबद्ध नरहेको बताएकी थिइन् । उनी पछिल्लो समय स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताउने अभियानमा जुटेकी छन् ।
















स्थानीय तह र प्रदेश सरकार मातहतका दरबन्दीको विवरण ३ दिनभित्र उपलब्ध गराउन पत्राचार
एमालेले भन्यो: संसदीय दलको नेता चयन लोकतान्त्रिक विधि र विधानसम्मत
सेना, कर्मचारी र अन्तर्राष्ट्रिय समुदायसँग हाम्रो सम्बन्ध मित्रवत नै छ : एमाले
एमालेले दियो प्रधानमन्त्री बालेनलाई औपचारिक बधाई
इरानद्वारा दोस्रो अमेरिकी एफ-३५ लडाकू विमान खसालेको दाबी
एमाले संसदीय दलको नेतामा बादल निर्वाचित
संसद् सचिवालयमा सर्वदलीय बैठक
आजको मौसमःपहाडी तथा हिमाली क्षेत्रमा बदलीसँगै वर्षा र हिमपात हुने
एमाले संसदीय दलको नेताका लागि निर्वाचन हुने, थापा र नेम्वाङ प्रतिस्पर्धामा
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
प्रतिक्रिया