बिहीबार, माघ १५, २०८२

को हुन् केशव स्थापितसँग भनाभन गर्ने महिला ?

मेरोन्यूज २०७९ वैशाख १५ गते १७:१९

काठमाडौँ । आसन्न निर्वाचनमा नेकपा एमालेबाट काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिएका केशव स्थापित पुनः विवादमा आएका छन् ।

बिहीबार नेसनल कलेजमा आयोजित एक कार्यक्रममा एक युवतीले ‘मी टू’को बारेमा प्रश्न गर्दा अस्वभाविक उत्तर र शैलीका कारण विवादमा आएका हुन् ।

ती युवतीले केशव स्थापितलाई ‘तपाईको कार्यालयमा आफ्नै कर्मचारी त सुरक्षित छैनन्, जनताले तपाईलाई किन भोट हाल्ने ?,’ भन्ने प्रश्न गरेकी थिइन् । सोही प्रश्नप्रति आपत्ति जनाउँदै स्थापित एकाएक जंगिएका थिए । उनले उक्त प्रश्नप्रति आपत्ति जनाउँदै ‘तपाईको फेस नाइस छ, थुतुनो भएन,’ भनेका थिए ।

उनलाई ‘मी टू’बारे प्रश्न गर्ने महिला भावना राउत हुन् । लामो समयदेखि महिला हक अधिकारका विषयमा बोल्दै आएकी उनी महिला हिंसा र महिलासँग सम्बन्धित मुद्दामा सक्रिय रुपमा बहस गर्दै आएकी छन् ।

उनी विवेकशील साझा पार्टी निकट हुन् । तर, उनले पछिल्लो समय पार्टीभित्रको आन्तरिक कलह बढेपछि आबद्ध नरहेको बताएकी थिइन् । उनी पछिल्लो समय स्वतन्त्र उम्मेदवार बालेन शाहलाई जिताउने अभियानमा जुटेकी छन् ।

प्रतिक्रिया