आइतबार, चैत २२, २०८२

कांग्रेसले निर्मला पन्तको घटनामा छानबिन गर्न दिएन : केपी ओली

मेरोन्यूज २०७९ वैशाख १५ गते १९:१८

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्याबारे सरकारसँग प्रश्न गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष अ‍ोलीले कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि भएको हत्यामाथि छानबिन गर्न सरकारलाई चुनौती दिएका हुन् ।

उनले आफ्नो पालाको सरकारले बालिका पन्तको घटनाबारे छानबिन गर्न खोजे पनि कांग्रेसले नदिएको आरोप लगाए । उनले सडकदेखि सदनसम्म कांग्रेसले विरोध गरेको भन्दै अनुसन्धान गर्न चुनौती दिए ।

‘निर्मला पन्तको बलात्कारपछि विभत्स हत्या भयो, त्यसबेला कांग्रेसले छानबिन गर्न दिएन,’ उनले भने, ‘अहिले कांग्रेसका नेता गृह मन्त्री हुनुहुन्छ, आज निर्मला पन्तको विषयमा किन बोल्नु हुन्न ?, त्यतिखेर हामीलाई छानबिन गर्न दिएन, अहिले छानबिन गर्नुस्, हामी सहयोग गर्छौं ।’

प्रतिक्रिया