उम्मेदवारहरुले आज उम्मेदवारी फिर्ता लिन सक्ने,आजै अन्तिम नामावली प्रकाशन

काठमाडौं । निर्वाचन आयोगले आज उमेदवारी फिर्ता लिन चाहने उम्मेदवारले बेलुका ५ बजेसम्म फिर्ता लिन सकिने जनाएको छ । आजै साँझ ५ बजेपछि आयोगले उमेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । स्थानीय तह निर्वाचनका लागि वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गरिएको थियो ।
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनअन्तर्गत निर्वाचन आयोगले मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरि हिजो साँझ उमेदवारको नामावली प्रकाशन गरेको थियो । स्थानीय निर्वाचनका लागि एक लाख ५३ हजार १४५ जनाको उमेदवारी मनोनयन दर्ता भएको छ ।
आयोगको पछिल्लो तथ्यांकअनुसार प्रमुखमा ३ हजार ५१८, उपप्रमुखमा दुई हजार १७४ जनाको मनोनय दर्ता भएको छ ।
अध्यक्षमा तीन हजार ३९२, उपाध्यक्षमा दुई हजार ४०७, वडाध्यक्षमा ३५ हजार ३८०, महिला सदस्यमा २६ हजार ५५६, दलित महिला सदस्य २३ हजार ९५१ र सदस्यमा ५५ हजार ७६७ जनाको मनोनयन दर्ता भएको छ । १७ गते उम्मेदवारहरुलाई चुनाव चिह्न प्रदान गर्ने आयोगको कार्यतालिका छ ।
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
ट्रम्पकाे सम्बाेधनसँगै विश्वभर तेलकाे मुल्य बढ्याे, शेयर बजारमा गिरावट
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
प्रतिक्रिया