दुई बिदा दिने निर्णयको स्वागत
मेरोन्यूज
२०७९ वैशाख १६ गते १५:०५
काठमाडौँ । होटल संघ पोखरा नेपालले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णयलाई स्वागत गरेको छ । संघका अध्यक्ष लक्ष्मण सुवेदीले एक विज्ञप्ति जारी गर्दै दुई दिन बिदा दिने व्यवस्थाले पर्यटन क्षेत्रमा सकारात्मक असर पर्ने उल्लेख बताए ।
लामो समयदेखि समस्या झेल्दै आएको पर्यटन क्षेत्रमा दुई दिने बिदाको व्यवस्थाले व्यवसायीमा केही राहत पुग्ने विश्वास लिइएको विज्ञप्तिमा उल्लेख छ । संघले दुई दिन बिदाको व्यवस्थालाई लामो समयदेखि माग गर्दै आएको अध्यक्ष सुवेदीले जानकारी दिए ।
कोरोनाका कारण सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्र नै हुन पुगेको र दुई दिने बिदाको व्यवस्थाले कोरोनाबाट थलिएको पर्यटन क्षेत्रलाई केही चलायमान बनाउन र आर्थिक गतिविधि बढाउन थप मद्दत पुग्ने विश्वास संघले लिएको विज्ञप्तिमा भनिएको छ ।
सम्बन्धित
















मोहनविक्रम सिंहको दाबी- जेनजी आन्दोलन स्वतन्त्र तिब्बत र अमेरिका पक्षधरले हाईज्याक गरे
अफगानिस्तान र पाकिस्तानमा वर्षा र आँधीबेहरीका कारण १२१ जनाको मृत्यु
नयाँ हवाई रक्षा प्रणाली विकास गर्यौँ, अब जुनसुकै अमेरिकी जहाज खसाउन सक्छौँ -इरान
चितवनमा तीन सवारीसाधन ठोक्किँदा पन्ध्र जना घाइते
सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक
पूर्वयुवराज पारसको मुटुमा राखिएको आईसीडीको ब्याट्री फेरियो
प्रदेश खारेज गर्नेभए दुई तिहाइ पुर्याइदिन्छौं : ज्ञानेन्द्र शाही
सिंहदरबार बदल्न आएका हौँ, हनिमुन पिरियड चाहिँदैन : रवि लामिछाने
मध्यपूर्व युद्ध अन्त्यका विषयमा रुसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच वार्ता
प्रतिक्रिया