बिहीबार, माघ १५, २०८२

नेकपा एसबाट मेयर र उपमेयरसहित १० जनाले लिए उम्मेदवारी फिर्ता

मेरोन्यूज २०७९ वैशाख १६ गते १८:५७

काठमाडौँ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका एक मेयर र एक उपमेयरसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेकपा एकीकृत समाजवादीका तर्फबाट गोलबजार नगरपालिकामा मेयर पदका उम्मेदवार धर्मनाथ महतो र उपमेयर पदका उम्मेदवार गोमा लम्सालसहित १० जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।

नेकपा एसकै तर्फबाट वाड नम्बर ६ का वडाध्यक्ष, महिला सदस्य र दलित महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत शिवप्रसाद आचार्यले जानकारी दिए ।

त्यसैगरी स्वतन्त्र उम्मेदवारी दिएका वडा नम्बर १२ र १३ का वडाध्यक्ष, वाड नम्बर ५ का महिला सदस्यले पनि उम्मेदवारी फिर्ता लिएको अधिकृत आचार्यले जानकारी दिए ।

त्यसैगरी मिर्चैया नगरपालिकाबाट एक उपप्रमुख, दुई जना वडाध्यक्ष, एक जना सदस्यसहित ४ जनाले उम्मेदवारी फिर्ता लिएको जनाएको छ ।

प्रतिक्रिया